Prakash Adhikari March 22, 2020

 

काठमाडौं, ९ चैत्र । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि ५ कार्यदिनसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

बोर्डले आइतबार यससम्बन्धी निर्णय गरेको हो ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दा प्रधामन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेक सार्वजनिक, निजी र सामुदायिक कार्यालयबाट प्रदान गरिने सेवा बन्द गर्ने घोषणा गरेका थिए ।

अत्यावश्यक सेवा ऐन २०१४ अनुसार २०७६ असोजमा अध्यावधिक भएको सूचीमा वित्तीय सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ । र सेयर कारोबारलाई पनि वित्तीय सेवाको रुपमा लिइने भएकोले बजार सञ्चालन गर्ने र नगर्ने विषयमा द्धिविधा उत्पन्न भएकोले नियामक निकाय र नेपाल सरकारको स्पष्ट निर्णय र निर्देशन नआएकोले नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबार सञ्चालन गरेको थियो ।

आइतबार दिनभर लगानीकर्ताका संगठन, धितोपत्र दलाल व्यवसायी र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद समेत भएको थियो ।

आइतबार १४ धितोपत्र दलाल व्यवसायीहरुले कार्यालय सञ्चालन गरेका थिए भने ३६ ले बन्द पनि गरेका थिए ।

बोर्ड स्रोतका अनुसार सोमबारदेखि ५ कार्यदिनसम्म सेयर कारोबार हुने छैन । अर्का साताको लागि भने परिस्थिति हेरेर निर्णय हुनेछ ।

Share Now

Leave a comment.