Prakash Adhikari March 30, 2020

काठमाडौं, १७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण, रोकथाम र उपचार कोषमा ५९ लाख रुपैया सहयोग गरेको छ ।

आइतबार महासंघका अध्यक्ष भवानी राणाले कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरललाई ५९ लाखको चेक हस्तान्तरण गर्नुभएको छ।

उपप्रधानमन्त्री पोखरेलसंग भेटको अवसरमा महासंघका अध्यक्ष राणाले कोरोनासँग जुध्नलाई सरकारलाई अन्य सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ।

महासंघले ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू दिने महासंघले घोषणा गरेको हो।

महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने जनाएको छ। आफ्नो देशैभर रहेको संजालमार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरीरहेको जानकारी दिएको छ।

महासंघले यसअघि सरकारलाई १० हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिसकेको छ।

Share Now

Leave a comment.