काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसका सभापति एवम् संघीय संसदमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले चीनबाट मेडिकल सामग्री खरिद गर्दा आर्थिक अनियमितता र भ्रष्टाचार गर्नेमाथि अनुसन्धान गरी कारबाही गर्न सरकार र राज्यका संबन्धित निकायसंग माग गर्नुभएको छ ।
शुक्रबार एक प्रेस वक्तब्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले सो माग गर्नुभएको हो ।
पूर्व प्रधानमन्त्री देउवाले कोरोनासंक्रमणबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो पार्टीले सचेतना अभियान चलाउनुको साथै र सरकारले ल्याएका सामयिक कदमलाई सहयोग गर्दै आएको उल्लेख गर्दै सरकारमा रहेका जिम्मेवार मन्त्री र तिनको छाँयामा परेको नेपालको प्रशासन भने यो संकटको बेलामा पनि लुट मच्चाउन लागेकोमा असन्तुष्टी जनाउनु भएको छ ।
उहाँले चीनबाट मेडिकल सामग्री खरिद प्रकरणमा संलग्न दोषीहरु उपर छानविन गरी कारबाही गर्ने सम्बन्धमा पार्टीको धारणा सार्वजनिक भैसकेको उल्लेख गर्दै सरकारले निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजेको, ढाकछोप गर्ने प्रयत्न भइ रहेकोे एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएकोले आफू पुन बोल्न बाध्य भएको उल्लेख गर्नुभएको छ । उहाँले दिएको वक्तव्य जस्ताको तस्तै मेडिकल सामग्री खरिदका दोषीलाई कारबाही गर्न कांग्रेस नेता शेरबहादुर देउवाको माग:


















