काठमाडौं, ५ बैशाख । दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान नेपाली मौसमविद्हरूले गरेका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातका कारण मङ्गलवारबाट पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुई-तीन दिनसम्म देशैभरि बदली हुनसक्ने जनाएको छ।
“केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक-दुई स्थानमा ठूलो हिमपात हुनसक्नेछ,” महाशाखाले सोमवार जारी गरेको विशेष मौसमी बुलेटिनमा भनेको छ।
गत वर्ष नै फणि नामको चक्रवातले ओडिशामा धनजनको क्षति पुर्याएको थियो। त्यसको प्रभाव नेपालमा सगरमाथा क्षेत्रसम्म पनि परेको थियो।
हाल दक्षिण बंगालको खाडीको मध्य भागमा रहेको अंपुन (AMPHAN) चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ।
यो १३ किमि प्रति घण्टाको दरले उत्तर तर्फ सर्दै छ। यसमा हावा २२० Knots per hour (४०७ किमि प्रति घण्टा) को वेग मा रहेको छ। pic.twitter.com/Qgmt8K6OlH— Nepal Weather Forecast (@DHM_Weather) May 18, 2020
गत वैशाखमा मात्र चट्याङले १६ जनाको ज्यान गयो । नेपालको कुन क्षेत्रमा सबैभन्दा बढी चट्याङ पर्छ ? थाहा पाउन यो भिडियो हेर्नुहोस् । #ndrrma #chatyang #disaster pic.twitter.com/ShhGVAI2h6
— NDRRMA (@NDRRMA_Nepal) May 16, 2020
उक्त चक्रवातले बुधवार दिउँसोतिर पश्चिम बङ्गाल र ओडिशाका समुद्री तटमा प्रहार गर्ने विज्ञहरूको अनुमान छ।
भारत सरकारले ती क्षेत्रमा २० वटा टोलीलाई उद्धारका लागि परिचालित गरिसकेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवातसम्बन्धी विषयमा एउटा उच्चस्तरीय समितिमा छलफल गर्ने भएका छन्।
भारतमा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका माझ हजारौँ मानिसहरू सहर तथा अन्य राज्यबाट आफ्नो घर फर्किरहेको बेला चक्रवातले प्रहार गर्न लागेको हो।
भारतको मौसम विभागले दक्षिणी बङ्गालको खाडीमा २४ घण्टाजति र उत्तरी भेगमा बुधवारसम्म माछा मार्न नजान चेतावनी जारी गरेको छ।
चक्रवातले समुद्री किनारा भएका क्षेत्रहरू डुबानमा पर्न सक्ने बताइएको छ।
Extremely Severe Cyclonic Storm ‘AMPHAN’: 18th May 2020 (1000 to 1027 IST). Likely to intensify further as Super Cyclone. pic.twitter.com/iJK0RVpQtY
— India Meteorological Department (@Indiametdept) May 18, 2020
भारतको राष्ट्रिय आपदा मोचन बलकस प्रमुख एसएन प्रधानले आफू ती दुई राज्य सरकारहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नियालिरहेको बताउनुभएको छ ।
गत वर्ष एउटा शक्तिशाली समुद्री आँधीले आफ्नो बाटो फेरेर पश्चिम भारतको समुद्री तट नजिकैबाट अरब सागरतिर गएको थियो।
वायु नाम दिइएको उक्त चक्रवातबाट जोगाउन लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
बङ्गालको खाडीमा एप्रिलदेखि डिसेम्बर महिनासम्म समुद्री आँधीहरू उत्पन्न हुने गर्छन्।(बीबीसीबाट)


















