काठमाडौं, ७ जेठ । नेपालका कोरोना भाइरसको संक्रमणमा परेका बिरामीको संख्या ४ सय ७ पुगेको छ ।
मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ जनासहित देशभर जम्मा ३२ जना कोरोना संक्रमित थपिएसंगै संक्रमित संख्या ४ सय ७ पुगेको हो।
मंगलबार धनकुटा जिल्ला अस्पतालका पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका हुन्।
धनकुटा जिल्ला अस्पतालका पाँच संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान हुन्।
मंगलबार थपिएका संक्रमितहरूमा काठमाडौंका ३, झापाका ९, कपिलवस्तुका ४ र सर्लाहीका २ जना छन्। यस्तै सुनसरी, मोरङ, सिन्धुली, रामेछाप, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ र नवलपरासीका एक(एक जना छन्।
सोमबार एकै दिन ८० जना संक्रमित थपिएका थिए।
अहिलेसम्म संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्।


















