Prakash Adhikari June 13, 2020

काठमाडौं, ३१ जेठ । विदेशमा अलपत्र परेका नेपालीको उद्धारका निमित्त चार्टर्ड गरिने उडानको भाडामा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री र उहाँका सहयोगी मण्डलीले करोडौं घोटाला गर्न लागेको पुष्टि भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बिहिबार विभिन्न मुलुकमा हुने चार्टर्ड उडानको भाडा दर सार्वजनिक गरेपछि ती दरहरु प्रचलित चार्टर्ड उडान शुल्क भन्दा बढी भएको ब्यापक गुनासो आएको थियो ।

ओमानस्थित नेपाली राजदूताबासले त्यहाँबाट चार्टर्ड गर्ने उडानमा प्रतिव्यक्ति २ सय ९९ डलर (अर्थात ११५ ओमानी रियाल) को भाडा दर तय गरेको तर नेपाल सरकारले ओमानको चार्टड उडानको लागि प्रति व्यक्ति ५ सय १० डलर भाडादर कायम गरेको सूचना सार्वजनिक भएपछि किसान र मजदूरको नाममा शासन गर्ने कम्युनिष्ट पार्टीको सरकारले संकटमा परेका गरिब मजदूरहरुको रगत र पसिना चुसेर खान लागेको भन्दै व्यापक आलोचना भएको थियो ।

चौतर्फी आलोचना भएपछि सरकारले शुक्रबार चार्टर्ड उडानको संशोधित भाडादर प्रकाशित गरेको छ ।

तर यो भाडादर अन्य एअरलाइन्सको प्रचलित भाडा दर अनुरुप वा मजदूरहरुको उद्धारका लागि गरिने विशेष चार्टर्ड उडानको अन्तर्राष्ट्रिय मान्यतामा आधारित वा न्यून लागत विधिमा तयार गरिएको हो भन्ने कुनै विश्वसनीय आधार सरकारले दिएको छैन । यसैले यो भाडा दरका बारेमा पनि संसदले छानबिन गर्नुपर्ने माग उठिरहेको छ ।

वैदेशिक रोजगारी सम्बन्धित क्षेत्रका विज्ञहरुले वैदेशिक रोजगारमा जाँदा निमुखा र गरिब नेपाली मजदूरहरुसंग सुरक्षा नाममा उठाइएको रकमबाट सिर्जना गरिएको वैदेशिक रोजगार सुरक्षा कोषको रकम उपयोग गरेर सबैलाई सहुलियत दरमा उद्धार गरेर ल्याउन पर्ने माग गर्दै आएका छन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निकालेको संशोधित भाडा सूचीमा केही गन्तव्यको भाडा भने यथावत कायमै राखिएको र केहीको घटाइएको छ ।

hawai-bhada.JPG

Share Now

Leave a comment.