Prakash Adhikari June 28, 2020

 

काठमाडौं, १४ आषाढ। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक आइतबार बस्ने भएको छ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीका अनुसार पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाइएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ।

कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो।

काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो। तर कोरोनाको विश्वव्यापी महामारी र नेपालमा भएको लकडाउनको कारण कांग्रेसको महाधिवेशनका कार्यक्रम तालिका प्रभावित भएको छ । काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो।

Share Now

Leave a comment.