Prakash Adhikari July 17, 2020

 

पोखरा(कास्की), २ साउन । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ ।

खोरामुखका स्थानीय प्रेम विकको घरमा पहिरो खसेर १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु हुन गएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभएको छ ।

https://www.facebook.com/utsuk/videos/10222663957777002

मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् ।

घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेको र उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु पनि सुरक्षित रहेको बताइएको छ ।

घट्नास्थलमा पुगेका प्रहरीहरुले पुरिएकाहरुको शव निकालेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थल पुगिसक्नुभएको छ ।

Share Now

Leave a comment.