Prakash Adhikari August 16, 2020

काठमाडौं, ३२ साउन । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको भने ६ सय ४१ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ।

कोरोनाबाट मृत्यु भएको पुष्टि हुनेमा पर्साका एक पुरुष र मोरङ्गकी एक महिला रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार अहिले ९ हजार २ सय २१ जनामा सक्रिय सङ्क्रमण छ भने १७ हजार ३ सय ३५ जना भाइरसमुक्त भएका छन्।

Image

आइतवार पुष्टि भएका सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका १सय ७२ जना रहेका छन्।

त्यस्तै प्रदेश नं १ मा ९ सय ५८ जना, गण्डकी प्रदेशमा २ सय ८० जना, प्रदेश नं ५ मा ८ सय २१ जना, कर्णाली प्रदेशमा २ सय २२ जना र सुदूरपश्चिम प्रदेशमा ७ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन्।

अन्य ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा काठमाडौं, मोरङ्ग, पर्सा, रौतहट र महोत्तरी रहेका छन्।

Image

परीक्षणको अवस्था

गत २४ घण्टामा १२ हजार २ सय ४७ वटा पीसीआर परीक्षण गरिएको छ।

हालसम्म ५ लाख १७ हजार ९ सय ७ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

नेपाल
सो अवधिमा १ सय ३४ जना रोगमुक्त प्रमाणित भएका थिए।

अहिले देशभरि क्वारेन्टाइनमा १५ हजार २ सय ४३ जना छन्। आइसोलेशनमा ८ हजार ७ सय २४ जना र होम आइसोलेशनमा ४ सय ९७ जना छन्। सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३ हजार ९ सय ६७ जना र वाग्मती प्रदेशमा २ हजार १ सय ९१ जना रहेका छन्।

Image

 

(बीबीसी नेपाली सेवाबाट)

Share Now

Leave a comment.