Prakash Adhikari January 27, 2018

काठमाडौं, १३ माघ । पाँच सदस्यीय नेपाली महिला पत्रकारहरुको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेको छ ।

उनीहरु २०७५ को बैशाख जेठमा सगरमाथाको शिखर चुम्ने लक्ष्य लिएर तयारीमा लागेका हुन ।

उनीहरुले सगरमाथा आरोहणको प्रत्यक्ष प्रशारण गर्ने धोको राखेका छन् ।

उक्त टोलीमा रोशा वस्नेत (रासस) सहित प्रियालक्ष्मी कार्की (न्युज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टिभी), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) रहेका छन् ।

‘समानताका लागि बुलन्द आवाज’ नारासहित शिखर चुम्न खोजेको उक्त समूहले आफूलाई ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ नामाकरण गरेका छन् । उनीहरूले नेपाल पत्रकार महासंघको लोगो लिखित झन्डा सगरमाथाको शिखरमा फहराउने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आर्शिवाद लिएर अभियान सुरु गरेको उक्त समूहले दोलखामा अवस्थित रामदुङ (५९९१ मि) र यालुङरी (५६३० मि) हिमाल आरोहण गरिसकेको छ ।

उक्त टोलीलाई १२ पटक सगरमाथा आरोहण गरेका आरोही सरदार फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्वमा आरोहण गर्न लागेको हो ।

Share Now

Leave a comment.