Prakash Adhikari September 27, 2020

काठमाडौं, ११ असोज । जनरल इन्सुरेन्सले कम्पनीले आज (आइतबार असोज ११ गते)देखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता सेयर जारी गर्न लागेको हो । इन्सुरेन्सले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४ प्रतिशत सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ ।सर्वसाधरणले बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

३० करोड रुपैयाको आइपीओ निष्कासपश्चात् जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब बनाउने प्रावधान राखेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १ हात्तीसारमा रहेको छ । यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

१० हजार कित्तासम्म आवेद गर्न पाउने भएपनि आइपीओमा सर्वसाधरणको आवेदन अधिक पर्न थालेकोले दामासाही वा गोलाप्रथाद्धारा न्यूनतम् कित्ता वितरण हुने भएकोले आवेदकले ५० कित्ता तल न्यनतम् १० कित्ताका लागि आवेदन गर्न उपयुक्त हुने विश्लेषकहरुको कथन रहेको छ ।

जनरल इन्स्योरेन्सका सञ्चालक तथा संस्थापकहरुमा व्यापारी, व्यवसायी, बैंक तथा वित्तीय क्षेत्रका सञ्चालक तथा व्यवस्थापकहरु र सेयर बजारका लगानीकर्ता रहेका छन् ।

Share Now

Leave a comment.