काठमाडौं, ३० असोज । कोरोना भाइरसको विश्वब्यापी महामारी र लकडाउन पछि नेपाली टोलीले पहिलोपटक हिमाल आरोहण गरेको छ ।
पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् ।
खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको थियो ।
https://www.facebook.com/AsianTrekking/posts/1816065358546475
आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले मिलाएको थियो ।
जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो ।
यस वर्षको पहिलो आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो । राजकुमारको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो ।

मनास्लुको पनि आरोहण
वहराइन राजकुमारसहित १७ जनाको टोलीले बिहिबार बिहान ७ :१० बजे मनास्लु हिमालको सफल आरोहण गरेका छन्।
यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले ८ हजार १ सय ५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्।
कोभिड१९ माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।
https://www.facebook.com/sevensummittreks/videos/2907370189549458/
पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको जानकारी दिनुभएको छ।
नेपालको हिमाल आरोहणका लागि बहराइन राजकुमार नासिर बिन हामिद अल खलीफासहित १५ जना र ३ जना बेलायतका गरी १८ जनाको टोली आरोहणका लागि नेपाल आएका थिए।
त्यसमध्ये १४ जना मात्रै आरोहणमा सहभागी भएका थिए।
उनीहरूले अर्को सिजनमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन्।



















