दुबाई(संयुक्त अरब इमिरेट्स), १४ कार्तिक । इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करण अन्तर्गत दुबाईमा भएको ४९ औं खेलमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नाईले ४ विकेटको क्षतिमा हासिल गरेको हो ।
चेन्नाईको लागि ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ७२ रन बनाए भने अम्बाती रायडुले३८ रन बनाए।त्यस्तै रभिन्द्र जडेजाले अविजित ३१ रन बनाए । स्याम करनले अविजित १३ रन बनाए भने शेन वाटसनले १४ तथा कप्तान महेन्द्रसिंह धोनीले १ रन मात्र बनाए।
Just Jaddu it and #WhistlePodu! 🦁💛 @imjadeja #Yellove #WhistleFromHome #CSKvKKRpic.twitter.com/UwGhAUOtgD
— Chennai Super Kings (@ChennaiIPL) October 29, 2020
कोलकाताको बलिंगमा प्याट कमिंस र वरुण चक्रवर्तीले समान दुुई दुई विकेट लिए।
कोलकाताको ब्याटिंग
यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ स ७२ रन बनाएको थियो।
कोलकाताको लागि ओपनर नितिश रानाले सर्वाधिक ८७ रन, शुबमन गिलले २६ रन, दिनेश कार्तिकले अविजित २१ रन , ओएन मोर्गनले १५, रिंकु सिंहले ११ रन, सुनिल नारायणले ७ र राहुल त्रिपाठीले ३ रन बनाए।
कोलकोतालाई रोक्ने क्रममा चेन्नाईको बलिंगमा लुंगी एनगिडीले सर्वाधिक २ विकेट लिए भने कर्ण शर्मा,रभिन्द्र जडेजा र मिचेल स्यान्टनरलेले समान एक एक विकेट लिए।
अंकतालिका र आगामी खेल
जित पछि चेन्नाईले १३ खेलमा ५ जित र ८ हार व्यहोर्दै १० अंक सहित अंकतालिकामा र हैदरावादको बराबरीमा पुगेको छ । तर नेट रन रेटमा पछि रहेकोले उसको स्थान सबैभन्दा तल रहेको छ।

हारपछि कोलकाता पाँचौ स्थानमा यथावत रहेको छ जसले १३ खेलमा ६ जित र ७ हार बेहोरेको छ। समान १२ अंक रहेता पनि पञ्जाब नेट रन रेटमा अघि रहेको छ।
हारपछि कोलकातालाई प्लेअफ पुग्न अब राजस्थानबिरुद्ध लिगको अन्तिम खेल जित्ने पर्नेछ भने अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ। अब कोलकाताले अर्को खेल जित्ने हो भने पनि अन्य टिमको नतिजाको आधारमा मात्र प्लेअफमा स्थान बनाउने सम्भावना रहन्छ। तर नेट रन रेट ०.४६७ निकै कमजोर रहेकोले अब कोलकाताको सम्भावना क्षिण बनेको छ।
मुम्बई लिगको प्लेअफ पुग्ने पहिलो टिम हो भने चेन्नाई यस अघिनै प्लेअफ रेसबाट बाहिर भैसकेको छ।
लिग अन्तर्गत चेन्नाईले आगामी खेल तथा लिगको अन्तिम खेल आइतबार पञ्जाबबिरुद्ध तथा कोलकाताले आगामी खेल आइतबारनै राजस्थान बिरुद्ध खेल्नेछ।
शुक्रबारको खेलमा पञ्जाब र राजस्थानले प्रतिस्पर्धा गर्नेछन्।


















