काठमाडौं, २ मंसिर ।चर्चित गायिका टिका प्रसाईको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर रहेको गीतका शब्द चुडामणि पौडेलका हुन भने यसलाई टिका भण्डारीले संगीतले सजाएका हुन्।
रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
धुलिखेलमा छायांकन गरिएको म्युजिक भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको साथमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य भुमिका रहेको छ।
भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो।
गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।