Prakash Adhikari December 11, 2020

काठमाडौं, २६ मंसिर । नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ।

आज शुक्रबार बिहान पीसीआर परीक्षण गर्दा खड्कालाई कोरोना संक्रमण देखिएको हो।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान खड्काले आफूमा कोरोनाका सामान्य लक्षण देखिएपछि दुई दिनदेखि सेल्फ आइसोलेसनमा बसेको र स्वाद र गन्ध आउने छाडेपछि परीक्षण गराएको बताउनुभएको छ।

अहिले पनि आफू सबै स्वास्थ्य मापदण्ड अनुसरण गरी घरमै आइसोलेसनमा बसेको उहाँले बताउनुभएको छ।

 

Share Now

Leave a comment.