Prakash Adhikari February 2, 2018

नयाँ दिल्ली(भारत),१९ माघ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले दुई दिने सद्भावना भ्रमण सम्पन्न गरी शुक्रबार अपरान्ह स्वदेश फर्किएपछि भारतले  अब बन्ने नयाँ सरकारसंग द्धिपक्षीय हितको नयाँ उचाईमा काम गर्न इच्छुक रहेको बताएको छ ।

बिहीबार अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजले नेपालको करिब २३ घण्टा बसाईमा नेपालका राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्टिय जनता पार्टीका अध्यक्ष मण्डलका प्रमुख महन्थ ठाकुर सहित अध्यक्ष मण्डलका नेताहरु, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका दलका नेताहरुलाई भेटेर नेपालले तीन तहको निर्वाचन सम्पन्न गरेको र पार्टीका नेताहरु विजयी बनेकोमा बधाई दिएकी थिइन् ।

नेपालमा बामपन्थी गठबन्धनले बहुमत हासिल गरेको र गठबन्धनका दलहरु पार्टी एकीकरणको दिशामा उन्मुख रहेकोले परिवर्तित सन्दर्भमा भारतले अख्तियार गर्न पर्ने नेपाल नीतिको जानकारी लिन र भावि सरकारप्रति सद्भाव देखाउन उनी नेपाल आएकी थिइन् ।

भारतले तीनै तहको निर्वाचन सम्पन्न भएकोमा नेपाल सरकार,राजनीतिक दलका नेताहरु र नेपाली जनतालाई बधाई दिदैँ नेपालमा बन्ने आगामी सरकारसंग काम गर्न व्यग्र
स्वराज स्वदेश फर्के लगत्तै विदेश मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा नेपालले तीन चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा स्वराजले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको उल्लेख छ।

बिज्ञप्तीमा भनिएको छ, विदेश मन्त्री स्वराजले सबै राजनीतिक दलका नेताहरुलाई भारत सरकार लोकतान्त्रिक ढंगबाट निर्वाचित नयाँ बन्ने सरकारसंग द्धिपक्षीय हितका लागि नयाँ उचाईमा काम गर्न इच्छुक रहनुका साथैनेपालको आर्थिक विकासका लागि हातोमालो गर्न तयार रहेको छ।

Visit of External Affairs Minister to Nepal from (February 01-02, 2018)

February 02, 2018

External Affairs Minister, Smt. Sushma Swaraj visited Kathmandu from 1-2 February 2018. EAM is the first high-level visitor from India after the successful holding of Parliamentary and first ever Provincial Assembly elections in Nepal in November-December 2017.

During her visit to Nepal, EAM called on Rt. Hon’ble President of Nepal, Mrs. Bidya Devi Bhandari and Rt. Hon’ble Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba. EAM held meetings with Mr. K.P. Sharma Oli, Chairman of CPN-UML, Mr. Pushpa Kamal Dahal ‘Prachanda’, Chairman of CPN-MC, Mr. Upendra Yadav, President of SSF-N and Mr. Mahanta Thakur, Coordinator of the Presidium, and other leaders of RJP-N and congratulated them on their recent electoral victories.

EAM congratulated the Government and people of Nepal for the successful conduct of three-tier elections in Nepal, which is an important milestone in the democratic transition of Nepal.

EAM conveyed to all political leaders of Nepal that the Government of India is looking forward to working with the democratically elected Government to take forward bilateral ties to newer heights for mutual benefit, and to support the Government of Nepal, as per its priorities, in its endeavours for rapid economic growth and development.

New Delhi
February 02, 2018

Share Now

Leave a comment.