Prakash Adhikari January 13, 2021

ललितपुर, २९ पौष । प्रहरीले ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलासहित तीन जना केन्द्रीय स्तरका नेताहरु पक्राउ गरेको छ ।

बास्तोलन विप्लव समूहका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख हुनुहुन्छ । पक्राउ पर्नुभएका कुमाल विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड निकट मनिनु हुन्छ । ललितपुरको विकट क्षेत्रमा कुमालको उपस्थिति देखिएपछि प्रहरीले विश्वकर्मा समेत त्यहाँ हुनसक्ने आशंका गरेको थियो ।

संसद विघटन र मध्यावधि निर्वाचन घोषणापछि सरकारविरुद्ध वर्तमान संविधान मान्ने सत्तारुढ दल, विपक्षी र संविधानमा विमति जनाउदै आएका नेकपा बैध समूहबाट पनि सरकारका विरुद्ध वक्तव्यसहित विरोधका कार्यक्रम सार्वजनिक भएकोले यो व्यवस्थाको विरुद्धमा सशस्त्र आन्दोलनमा होमिएको विप्लब समूहले वितण्डा मच्चाउन सक्ने संभावना भएपछि सुरक्षा निकायले समूहमाथिको निगरानी बढाउदै आएको छ ।

विप्लव समूहले राजनीतिक अस्थिरताको फाइदा उठाउदै राजधानीमा लक्षित गतिविधि बढाउन सक्ने सूचनापछि प्रहरीले अप्रेसन सुरु गरेको हो।

अप्रेसनमा विभिन्न युनिटबाट ७० जना प्रहरीको टोलीले त्यस क्षेत्रमा घेराबन्दी गरेर गरेर सर्च गरिरहेका छन्।

केही दिनदेखि त्यस क्षेत्रमा विप्लव समूहका नेताहरुको चहलपहल बढेको सूचना आएपछि प्रहरीले घेराबन्दी गरेको हो।

 

Share Now

Leave a comment.