काठमाडौं, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव समारोह शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकप्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताउनुभएको छ। उहाँले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताउनुभयो।
अर्थमन्त्री पौडेलले बैंकले संचालनमा ल्याएको पाँचवटा शाखा कार्यालयहरु र पाँचवटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो।
कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको बताउनुभयो।
बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ्ग सहितको ग्राहकमैत्री सेवामा बैंकले जोड दिईरहेको बताउनुभयो।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताउनुभयो। उहाँले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको बताउनुभयो।
कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए।
आज भन्दा ५६ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु(याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो।
हाल देशभर बैंकका २ सय ४५ वटा शाखा कार्यालय, २ सय ५ वटा ए।टि।एम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन्। कार्यक्रममा बैंकको ५६ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार–२०७७ तथा अनलाइन बैंकिङ्ग खाताको भर्चुअल माध्यमबाट विमोचन तथा शुभारम्भ गरिएको थियो।
कार्यक्रममा बैंकको सर्वोत्कृष्ठ÷उत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ठ÷उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, बैंकका २० वर्ष सेवा परा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो।
५६ औं वार्षिकोत्सवको अवसरमा माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रम १ सय ७१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। भर्चुलअ माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक संचालक समितिका सदस्यहरु, रा।वा।बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, बैंककी ब्राण्ड एम्बासडर एवं मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, बैंकका प्रादेशिक प्रबन्धकहरु, सम्पूर्ण शाखा कार्यालयका प्रबन्धकहरु लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो।


















