सिलोड(मेघालय भारत), २१ माघ (एजेन्सी)। हालै चर्चित आई लिग क्लब मोहन बगानमा अनुबन्धित भएका नेपाली राष्ट्रिय फुटबलर बिमल घर्ती मगरले शनिबार आई लिगमा क्लबका लागि डेब्यु गरेका छन् ।
शनिबार सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा सिलोङ लाजोङविरुद्ध मोहन बगानले हात पारेको ०–३ को जितमा बिमलले वैकल्पिक खेलाडीका रुपमा खेलको इन्जुरी समयमा मैदान प्रवेश गर्दै डब्यु गरेका थिए । अकरम मोगरबीको स्थानमा मैदान प्रवेश गरेका बिमलले केहि छिन मै पोष्ट आक्रमण समेत गरेका थिए ।
शनिबारको जितसँगै १२ खेलबाट २० अंक जोडेको मोहन बगान तेस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको मिनर्वा पञ्जाबको भने २६ अंक छ ।


















