Prakash Adhikari February 14, 2021

आँबुखैरेनी (तनहुँ)। पृथ्वीराजमार्ज खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनीचोकमा आइतबार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

मोटरसाइकलको पछाडि सवार लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारकी २७ वर्षीया अन्वेषा पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको ना १९प ९२४ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको एनएल ०१ एन २९८६ नम्बरको ग्यास बुलेटले पछाडिबाट ठक्कर दिंदा विपरीत दिशाबाट आउँदै गरेको ग ३ च २०८४ नम्बरको कारमा गई ठोक्किँदा अन्वेषाको मृत्यु भएको रानाभाटले बताउनुभयो।

तीनवटै सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

Share Now

Leave a comment.