Prakash Adhikari February 14, 2021

 

काठमाडौं, २ फागुन । प्रभु इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट साढे १० प्रतिशत लाभांश दिने भएको छ ।

इन्स्योरेन्सको माघ २९ गते साझ बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

आर्थिक वर्ष २०७६ । ७७ को वितरण योग्य मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १० करोड ५६ लाख रुपैयाँ र उक्त बोनस शेयरमा लाग्ने कर वापत ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Share Now

Leave a comment.