Prakash Adhikari February 19, 2021

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई बर्खास्त गरेर सो पदमा राजेश झालाई नियुक्त गरी सपथग्रहण गराउनुभएको छ ।

आज अपरान्ह मन्त्रिपरिषद्ले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरि सो स्थानमा राजेश झालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो ।

बर्खास्त हुनुभएका प्रदेश प्रमुख परियारको पृष्ठभूमि माओवादी हो । उहाँ विवादित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुनुहुन्थ्यो ।

परियारमाथिको कारबाहीले प्रधानमन्त्री ओलीले अदालतको फैसला र निर्वाचन आयोगको दलको विवादसम्बन्धी निर्णय आउनु पहिले आफ्ना कदमको विरोध गर्ने राज्ययन्त्रका सबैलाई तह लगाएर हनुमानहरुको ताँती लगाउने संकेत गर्नुभएको छ ।

राजेश झा प्रदेश प्रमुख
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरी आजै सपथग्रहण गराउनुभएको छ ।

Share Now

Leave a comment.