Prakash Adhikari March 4, 2021

 

नापि ता ओ(म्यानमार), २० फागुन(बीबीसी) । म्यान्मारमा फेब्रुअरी १ मा निर्वाचत सरकार राष्ट्रपति र मन्त्रिपरिषद्का सदस्यहरुलाई नजरबन्द गर्दै संसद समेत विघटन गरेर त्यहाँको सेनाले सत्ता हत्याए यता देशभर निरन्तर दैनिक आम विरोध प्रदर्शनहरू भैरहेका छन्। पछिल्ला केही सातामा सैनिक निकै आक्रमक र हिंस्रक हुँदै शान्तिपूर्ण प्रदर्शनकारीहरुमाथि बर्बर दमनमा उत्रिएको छ ।

सेनाले जननिर्वाचित नेत्री आङ सान सू ची सहित उनको दल न्याशनल लिग फर डिमोक्रेसीका नेताहरू र अन्य सयौँ मानिसहरूलाई गिरफ्तार गरेको छ।

म्या थ्वे थ्वे काइङ

म्या थ्वे थ्वे काइङ : पछिल्लो विरोध प्रदर्शन सुरु भएपछि म्या थ्वे थ्वे काइङ प्रहरीको गोली लागेर ज्यान गुमाउने पहिलो व्यक्ति

म्यानमारमा भएको के हो र किन ?

गत सेप्टेम्बरमा भएको आम निर्वाचनमा प्रजातन्त्रवादी नेत्री आङ सान सू ची को नेशनल लिग फ डेमोक्रेसी (एनएलडी) पार्टीले ठूलो विजय हासिल गरेको थियो । सो निर्वाचनमा सेना समर्थित दल पनि लडेको थियो । तर त्यसले सेनाले अपेक्षा गरे अनुरुपको नतिजा ल्याउन सकेन । सुकी स्टेट काउन्सिल रहेको सरकारको कार्यकालमा नै सैनिक अग्रसरतामा रोहिज्या मुसलमानहरुमाथि जातीय सफाई गर्न लगाई सुकीलाई अलोकप्रिय भएको भ्रममा रहेको सेनाले यो निर्वाचनमा सुची नेतृत्वको एनएलडीको अवस्था कमजोर हुने आँकलन गरेको थियो ।

तर जननिर्वाचित सरकारमार्फत जनताको कामहरु र राज्यको सेवा सुविधा सहजरुपमा प्रवाह भैरहेको प्रत्यक्ष अनुभव गरेको लोकतन्त्रप्रेमी म्यानमारबासीले आम निर्वाचनमा सु चीको दललाई अत्यधिक मतले विजयी गराए ।

त्यसपछि तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए। सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो ।

सेना र सरकारका बीचमा निर्वाचनको परिणामलाई लिएर विवाद भैरहेको बेला संसद अधिवेशन बस्नु अगाडि म्यानमारमा सेनाले निर्वाचित सरकारका राष्ट्रपति सहित मन्त्रीहरुलाई पक्राउ गरी संसद समेत विघटन गरेर शासन सत्ता आफ्नो हातमा लियो , नेपालमा २०१७ सालमा राजा महेन्द्रले गरेकै शैलीमा । फेब्रुअरी १ मा सैन्य कू भएपछि सत्ता सम्हालेका सैनिक शासकले एक वर्ष लामो सङ्कटकालको घोषणा गरेका छन् ।

देशको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने दावीलाई पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो।

घरमै नजरबन्दमा राखिएकी र भिडिओ-लिङ्क मार्फत अदालतमा उपस्थिति जनाएकी नेत्री आङ सान सू ची लाई गैरकानुनी रूपमा वाकीटकी यन्त्र राखेको, गत वर्षको निर्वाचन प्रचारका क्रममा कोभिड(१९ सम्बन्धी सुरक्षा प्रतिबन्धहरू उल्लंघन गरेको र देशमा ‘चिन्ता तथा डर फैलाउने’ जानकारीहरू सार्वजनिक गरेको लगायतका अभियोग लगाइएको छ। आरोपहरु थपिदै गरिएको छ ।

एनएलडीका अन्य नेताहरूलाई पनि गिरफ्तार गरिएको छ।

मिन आङ लाइङ
मिन आङ लाइङ

देशको नेतृत्वमा को छन् ?
म्यानमारमा प्रधानसेनापति मिन आङ लाइङ ले सत्ताको बागडोर आफ्नो हातमा लिएका छन्।

उनले पहिलेदेखि नै उल्लेखनीय राजनीतिक प्रभावको अभ्यास गर्दै आएका थिए र देश प्रजातन्त्रतर्फ अघि बढेको भएपनि म्यानमारको सेनामा उनले बलियो नियन्त्रण कायम राखेका थिए।

देशका जातीय अल्पसङ्ख्यक समुदायहरूमाथि सेनाले गरेको आक्रमणमा रहेको भनिएको उनको भूमिकाका निम्ति उनलाई अन्तर्राष्ट्रिय रूपमा आलोचना गरिनुका साथै विभिन्न प्रतिबन्धहरू पनि लगाइएको छ।

सैनिक कूपछिको उनको पहिलो सार्वजनिक टिप्पणीमा जेनरल लाइङले सत्ता कब्जा गर्ने कदमको औचित्य सावित गर्ने प्रयास गरेका थिए। उनले सेना जनताको पक्षमा रहेको भन्दै छिटै नै ‘सच्चा र अनुशासित प्रजातन्त्र’ गठन गरिने बताएका थिए।

सङ्कटकालको अन्त्यभएपछि देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराइने सेनाले बताएको छ।

जनताको प्रतिक्रिया

सेनाले कू गरेपछि देशमा सन् २००७ मा भएको केशरी आन्दोलन भनिएको विरोध प्रदर्शनहरू यता सबैभन्दा ठूला प्रदर्शनहरू भएका छन्। त्यसबेला सैनिक शासन विरुद्ध केशरी रंगको पोशाक लगाउने हजारौँ बौद्ध भिक्षुहरूले प्रदर्शन गरेका थिए र सो आन्दोलनमा पनि ७० भन्दाबढी बौद्ध भिक्षुहरुको हत्या भएको थियो ।

हाल सेनाको कदमका विरुद्ध जारी प्रदर्शनहरूमा शिक्षक, कानुन व्यवसायी, विद्यार्थी, ब्याङ्कका कर्मचारीहरू र सरकारी सेवाका कर्मचारीहरू पनि सहभागी भैरहेका छन्।

सरकारले कर्फ्यू आदेश जारी गर्नुका साथै मानिसहरूको जमघटमा समेत प्रतिबन्ध लगाएको छ।

विरोध प्रदर्शनकारीहरूमाथि सुरक्षा सैन्यले पानीको फोहोरा, रबर गोली र साँच्चीकै गोलीगट्ठाको समेत प्रयोग गरेको छ। अहिलेसम्म ५० भन्दाबढी नागरिकहरु सुरक्षा कर्मीको गोली लागेर शहादत प्राप्त गरेका छन् ।

म्यानमारको नक्शा

म्यानमारको नक्शा

अन्तर्राष्ट्रिय प्रतिक्रिया

थुप्रै देशहरूले म्यानमारमा भएको सत्ता कब्जाको निन्दा गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव अन्टोनिओ गुटरशले त्यस्लाई ‘प्रजातान्त्रिक सुधारहरूमाथि ठूलो धक्का’ भनेका छन्।

अमेरिका र यूकेले सैनिक अधिकारीहरू विरुद्ध प्रतिबन्धहरू लगाएर प्रतिक्रिया जनाएका छन्।

तर संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले म्यानमारको कूको निन्दा गर्दै जारी गरेको वक्तव्यलाई चीनले रोकिदिएको छ। म्यानमारमा अन्तर्राष्ट्रिय संलग्नताको यसअघि विरोध गर्दै आएको बेइजिङले सबै पक्षलाई ‘आपसी मतभेद सल्टाउन’ आग्रह गरेको छ।

म्यानमारको स्थानांकन

बर्मा पनि भनेर चिनिने म्यानमार दक्षिण पूर्व एशियाको एक देश हो। थाइल्याण्ड, लाओस्, बाङ्ग्लादेश, चीन र भारत यो देशको सीमा जोडिएका छिमेकी हुन्। म्यानमारको जनसङ्ख्या करीब ५ करोड ४० लाख छ, ती मध्ये धेरैले बर्मेली भाषा बोल्छन्। त्यहाँ अन्य थुप्रै भाषा बोलिन्छन्। देशको सबैभन्दा ठूलो शहर याङ्गोन हो भने राजधानी शहर नेप्यीडो हो। धेरैले मान्ने धर्म बौद्धधर्म हो। त्यहाँ रोहिन्ज्या मुस्लिमहरू सहित थुप्रै जातीय समूहहरू पनि छन्।

उक्त देशले सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्रता हासिल गरेको हो। सन १९६२ देखि २०११ सम्म त्यहाँ सैनिक शासन लागु थियो। र त्यहीबेलादेखि नयाँ सरकारले देशमा गैरसैनिक शासन फर्काउने प्रयास आरम्भ गरेको थियो।

आङ सान सू ची

आङ सान सू ची : सन् २०२० खिचिएको आङ सान सू ची को फाइल तस्वीर।

बर्मा र म्यानमार

सन् १९८९ मा सत्ताधारी सेनाले देशको नाम बर्माबाट म्यानमार राखेको थियो। स्थानीय भाषामा बर्मा र म्यानमारको अर्थ उस्तै लाग्छ तर म्यानमार औपचारिक नाम हो।

यूके लगायत केही देशले सुरुमा सेनाले परिवर्तन गरेको देशको नामलाई स्वीकार गरेका थिएनन्। त्यो त्यहाँ लागू सैनिक शासनलाई मान्यता नदिने कदमको एक भाग थियो।

तर अब म्यानमार नामको प्रयोग बढिरहेको छ र सन् २०१६ मा आङ सान सू ची ले नै देशको नाम दुई मध्ये जुन भएपनि फरक नपर्ने बताएकी थिइन्।

(सोतः बीबीसी)

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*