Prakash Adhikari March 14, 2021

आयशा बक्स / बीबीसी न्यूज

लण्डन(संयुक्त अधिराज्य), १ चैत्र । नेपालबाट सीधै भर्ती गरिने गोर्खा सैनिकहरूले ब्रिटेनको सेनामा दुई सय वर्ष भन्दाबढी सेवा गरेका छन्।

बहालवाला सैनिकहरू कोरोनाभाइरस विरुद्धको लडाँइमा स्वाब परीक्षण र नाइटिङ्गेल अस्पताल निर्माणमा मद्दत गरिरहेका छन्।

तर गोर्खा सैनिकको एउटा पुस्ता महामारीबाट नराम्ररी पीडित भएको बताउँछ।

पूर्वगोर्खा सैनिक तथा अभियानकर्ता ज्ञानराज राई आफूले संयुक्त अधिराज्यभरि कोभिड १९ का कारण ज्यान गुमाएका सयभन्दा बढी अवकाशप्राप्त गोर्खा र उनीहरूका परिवारलाई चिनेको बताउनुहुन्छ।

अन्तिम संस्कार हुनसकेको छैन

‘मैले चिनेका कतिपय व्यक्तिको अन्तिम संस्कार अझै हुनसकेको छैन। यो एकदमै पीडादायी अवस्था हो।’

कृष्ण गुरुङ

कृष्ण गुरुङ

कृष्ण गुरुङले गोर्खा राइफल्स रेजिमेन्टमा १६ वर्ष बिताउनुभएको थियो ।

छैटौँ गोर्खा राइफल्समा १६ वर्ष काम गरेका कृष्ण गुरुङले आफ्नो परिवारका लागि लकडाउनको अवधि कष्टकर बनेको बताउनुभयो।

उहाँकी श्रीमतीको स्वास्थ्य अवस्था बिग्रिएको छ भने उहाँका छोरालाई दमले गाँजेको छ र सिकाइमा समस्या रहेको छ।

लकडाउनको अर्थ उहाँको छोराले पूरै अवधि घरमा बिताउनुपर्‍यो जसका कारण मानसिक स्वास्थ्यमा प्रभाव परेको गुरुङ बताउनु हुन्छ।

परोपकारी संस्थाको सहयोग

उहाँले स्किल्स एण्ड केयर नामक परोपकारी संस्थाबाट सहयोग माग गरिरहनुभएको छ। उक्त संस्थाले दक्षिण पूर्वी लन्डनका नेपाली सहितका समुदायलाई मद्दत पुर्‍याइरहेको छ।

‘पहिलो लकडाउनको समयमा हामीले उनीहरूले सङ्घर्ष गरिरहेको देख्यौँ त्यहीँ भएर हामीले उनीहरूका लागि खानेकुरा र मास्क उपलब्ध गरायौँ ‘, उक्त संस्थाकी सहसंस्थापक सोनिया थापा भन्नुहुन्छ।

कृष्ण गुरुङ

कृष्ण गुरुङ

कृष्ण गुरुङकी श्रीमती बिरामी हुनुहुन्छ भने छोरालाई दमको भएको समस्या छ

‘हालै हामीले कृष्णकी श्रीमतीलाई अस्पताल लग्यौँ र चिकित्सकको सामु उहाँका कुरा अनुवाद गरिदियौँ।’

थापाका अनुसार गोर्खाहरू ‘जोखिममा परेका मानिसहरू’ हुन् जसले अधिकांश अवस्थामा शोषण खेपेका छन्।

महामारी उच्च देखिँदा निजी घरधनीहरूले गोर्खाहरूलाई उनीहरूका घरबाट निकालिदिएको हुनाले हामीले आपत्कालीन आवासको व्यवस्था गर्नुपर्‍यो’, थापाले सम्झिनुभयो।

सोनिया थापा

सोनिया थापा :परोपकारी संस्थाकी सोनिया थापा गोर्खाहरू जोखिममा रहेको बताउनुहुन्छ

घरबाटै स्वास्थ्य जाँच गराउनुपर्ने र डिटिजल एपहरूको प्रयोग गर्नुपर्ने विषयले पनि पुरानो पुस्तामा समस्या निम्त्याएको थापाले बताउनुभयो ।

दह्रो सैनिक इतिहास रहेको वुलवीच सयौँ पूर्वगोर्खा र तिनका परिवारको बसोबास भएको क्षेत्र हो।

सानो समूहमा बसेर नेपालीहरू नगरको चोकमा गफ गरिरहेका भेटिन्छन्।

खर्च धान्न धौ-धौ

त्यहाँ धेरैजना निजी ढङ्गले भाडामा लिइएका एकभन्दा बढी परिवार बस्न मिल्ने घरहरूमा एउटै भान्सा र बाथरुम प्रयोग गरी बस्ने गर्छन्।

परिवारका कम उमेरका सदस्यहरू निम्न आय हुने रोजगारीका क्षेत्रहरू जस्तै भान्साघरका स्टाफ सहितका काम गर्छन्।

संयुक्त अधिराज्यमा बसोबास गरिरहेका पूर्वसैनिक र उनीहरूका परिवारहरूलाई विगतमा कतिपय घटनामा देशबाट निकाला गर्ने धम्की पनि दिइएको थियो।

अभिनेत्री जोआना लुम्लीको समर्थन पाएको एउटा चर्चित अभियानअन्तर्गत सन् २००९ मा सन् १९९७ अघि अवकाश पाएका र कम्तीमा चार वर्ष सेनामा काम गरेर गोर्खा सैनिकलाई बसोबासको अधिकार दिइएको थियो।

तर उनीहरूलाई समान पेन्सनको अधिकार दिइएको छैन जसले गर्दा यूकेको बसाइ खर्च धान्न उनीहरूले अधिकांश अवस्थामा सङ्घर्ष गर्नुपर्ने बाध्यता छ।

ब्रिटेनको रक्षा मन्त्रालयले आफूले ब्रिटिश सेनामा गोर्खाहरूको योगदानलाई ‘उच्च मुल्याङ्कनु गरेको बताउँदै ुपेन्सनको फरकबारे हेरिरहेको’ उल्लेख गरेको छ।

एकजना प्रवक्ताले अवकाश पाउँदा गोर्खाहरूले उदार पेन्सन र स्वास्थ्य सेवा प्राप्त गरून भन्ने कुरा सरकारले सुनिश्चित गरेको बताउनुभएको छ।

 

Share Now

Leave a comment.