Prakash Adhikari March 20, 2021

काठमाडौं, ७ चैत्र । सत्तारुढ नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । एमालेका कार्यालय सचिव ईश्वरी रिजालले दिनुभएको जानकारी अनुसार आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने ।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ ।

यहि चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताउनुभयो । एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।

नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दलको विधान २०७२ कै छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्नेछ ।

संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने अवस्था छ ।

आज हुने संसदीय दलको बैठक र केन्द्रीय कार्य समितिको बैठकमा पूर्वप्रधानमन्त्री द्धय माधवकुमार नेपाल र झलनाथ खनाल समर्थक सांसद र केन्द्रीय सदस्यहरुले बहिष्कार गर्ने भएका छन् ।

नेकपा नेता बामदेव गौतमले भने आफू बैठकमा सहभागी भएर त्यही पार्टी एकताको विषयमा कुरा राख्ने बताउनुभएको छ ।

 

Share Now

Leave a comment.