Prakash Adhikari March 21, 2021

इलाम, ८ चैत्र । जीवनको उत्तरार्धमा पुग्नुभएकी धनमायालाई ४० बर्ष अगाडि हराएको आफ्नो छोरो कतिबेला घर आइपुग्ला भन्ने ब्यग्र प्रतीक्षा थियो  जब सबैले आशा मारिसकेका दीपक प्रसाद तिम्सिना आइतबार अपराह्न जन्मघर इलामको आगनीमा आइपुग्नुभयो, न उहाँले बृद्धा आमालाई पुकार्न सक्नुभयो, न आमा छोरो आएको खुसीमा अंगालोमारेर बोल्न सक्नुभयो । दुवै जनाको बक बन्द भयो । हर्षका आशु बर्षिए । केही बेरको सन्नाटापछि भाइहरुले दीपकलाई आमालाई बोलाउन भनेपछि दीपकको मुखबाट निस्कियो, आ ssमा ।

साच्चै त्यो क्षण निकै भावुक थियो । ८६ वर्षकी आमा धनमाया छोरो आउने बाटो हेरिरहनुभएको थियो । गत बुधबारदेखि नै कोलकोतामा छोरोलाई अदालतले जेलमुक्त गरेको खबर उहाँले सुनिरहनुभएको थियो । निकै डराएजस्तो देखिनुभएका दीपकप्रसाद भाइहरुको करले आमालाई पुकार्नुुभएको थियो ।

विनासुनुवाई ४० बर्ष काराबास

चालीस वर्षभन्दा बढी समय भारतीय जेलमा रहेका नेपाली दीपक जैसी तिम्सिना आइतवार बिहान नेपाल आइपुग्नुभएको हो।

भारतको सीमा पानीट्याङ्कीमा केही बेर कागजात बुझाउन लागेको समयपछि उहाँ भाइ प्रकाशचन्द्रसँगै सीमा नाकाबाट हिँडेर नेपालतर्फ प्रवेश गर्नुभएको थियो।

कर्तव्य ज्यान मुद्दामा सन् १९८० मा भारतको दार्जिलिङबाट पक्राउ परेका तिम्सिना ४० वर्ष बिनासुनुवाइ कारागारमा रहनुभएको थियो।

इलामको एकतप्पाबाट २०३७ सालमा हराएका तिम्सिना बुधवार अदालतको आदेशपछि शनिवार कोलकाताबाट कारागारमुक्त हुुनुभएको थियो।।

उहाँ २० वर्षको उमेरमा हराउनुभएको थियो र ६१ वर्षको उमेरमा घर फर्कनुभएको छ।

उहाँका काकाका छोरा भाइ प्रकाशचन्द्र तिम्सिनाले उहाँलाई कारागारबाट छुटाएर नेपाल लिएर आउनुभएको हो।

गत बुधवार कोलकाता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो।

नेपाल आउदाको अवस्था
दीपक जैसी तिम्सिना

उहाँलाई ‘तपाईँ कहाँ जाँदै हुनुहुन्छु भनेर सोध्दा मलिन स्वरमा , ‘दार्जिलिङ हो कि।’ भन्नुभएको थियो ।

कारागारमा रहँदा उहाँलाई ६ । ६ महिनामा पक्राउ गरिएको स्थान भारतको दार्जिलिङ लगिने गरिएको बताइएको छ।

काँकरभिट्टास्थित विश्वसेवा विस्तार मञ्चको कार्यालयमा आइपुगेर उनलाई पानी पिउन दिँदा उहाँले भन्नुभयो, ‘पाइखाना पातलो हुन्छ, खान्न।’

उहाँका दाँत सग्ला छैनन्। ओठ कामिरहेको थियो। हातका औँला नाचिरहेका थिए।

गर्मीका कारण पङ्खा चलाउँदा हात बाँधेर जाडो भएजस्तो गरिरहनुभएको थियो।

‘तपाईँको आमा हुनहुन्छ नि’ भन्दा उहाँले जवाफ दिनुभयो, ‘पहला था।’

मैले होइन’

दीपक जैसी तिम्सिना

कारागारमुक्त गरिए पनि दीपकको मुद्दाको फैसला भएको छैन।

अदालतले उहाँका भाइ प्रकाशचन्द्र र कोलकातास्थित महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गर्ने आदेश दिएको हो।

६/६ महिनामा उहाँको अवस्थाको जानकारी अदालतलाई दिनुपर्ने सर्तमा उहाँलाई रिहा गरिएको हो।

काँकरभिट्टामा उहाँलाई ‘तपाईँलाई किन जेलमा राखिएको’ भनेर सोध्दा दुर्गाले जवाफ दिनुभयो, ‘मर्डर’।

तर उहाँले सानो स्वरमा थप्नुभयो, ‘मैले होइन।’

Share Now

Leave a comment.