Prakash Adhikari March 28, 2021

काठमाडौं, १५ चैत्र । विगत केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन्।

डढेलोका कारण वायु प्रदूषण पनि बढेको छ र त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिइएको छ।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताउनुभएको छ।

सातादिनमा एक पटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकोले जङ्गलनजिकै भएका बस्तीहरू थप सचेत बन्नुपर्ने उहाँले बताउनुभएको छ।

नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्छ।

विभागको अनुगमन प्रणालीका अनुसार शुक्रवार ४७ जिल्लाका झन्डै ५ सय स्थानमा डढेलो लागेको थियो। पानी नपरेकोले त्यो क्रममा कुनै न्यूनता आएको छैन ।

विज्ञहरुले डँढेलोबाट जोगिन अग्नि नियन्त्रण रेखा बनाउने, भएका रेखाको सरसफाई गर्ने र घर तथा बस्तीहरु वरपर रहेका आगोले टिप्न सक्ने बोट विरुवा छिमलेर पात र स्याउलाहरु सुरक्षित स्थानमा सार्ने, पात पतिड.गरहरु सोहोरेर आगो नलाग्ने स्थानमा पुर्याउनुका साथै आफूले नियन्त्रण गर्न सक्ने गरी घरबस्ती निकटका बारी तथा कान्लाहरुका खर, घाँस र पतिड.गरहरु सुरक्षित ढंगले जलाएर डँढेलोबाट सुरक्षित हुन आग्रह गरेका छन् ।

Share Now

Leave a comment.