Prakash Adhikari April 6, 2021

 

काठमाडौं २४ चैत । नेकपामा एमालेका संस्थापक महासचिव मदन भण्डारीको फोटो पूजेर सो पार्टीका शीर्ष नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले वागमती प्रदेशमा छुट्टै कमिटी बनाएको छ ।

समूहले नेकपा एमालेकी स्थायी समिति सदस्य तथा केन्द्रीय सदस्य एवम् प्रदेश सभा सांसद अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहनुभएको छ ।

यसअघि माधव नेपाल समूहले गण्डकी प्रदेशमा छुट्टै कमिटी बनाइसकेको छ ।

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीद्धारा पार्टीका शीर्ष नेता माधवकुमार नेपाल, उपाध्यक्ष ढा.भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई अनुशासनको कारबाही गरेर ६ महिना पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिदिएपछि आक्रोशित भएको नेपाल खनाल समूहले पार्टीको जनवर्गीय संगठन र देशका सबै प्रदेश र जिल्लाहरुमा समानान्तर समिति बनाउने अभियान चलाएको छ ।

पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान अन्तरगत सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले पुनर्जीवित भएको नेकपा एमालेको जिल्ला संगठन क्षतविक्षत छ ।

पार्टीको संस्थापन पक्ष बालुवाटार र सिंहदरवारको रमितामा अल्भिएकोले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कार्यशैलीसंग विमती राख्ने नेपाल खनाल समूहलाई जिल्ला र जनवर्गीय संगठनहरु पुनर्जीवित र पुनसंगठित गर्ने अवसर प्राप्त भएको छ ।
नेपाल खनाल समूहले एमालेकै नाममा संगठन पुनर्जीवित र सुदृढीकरण गरेकोले पार्टी विभाजन भएमा यसको क्षति संस्थापन भनेर बालुवाटारमा उपरखुट्टी लगाएर बस्ने अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षलाई पर्ने छ ।

नेपाल खनाल समूहले आफूहरु बहुदलीय जनवादका प्रणेता संस्थापक महासचिव मदन भण्डारीको सच्चा अनुयायी भएको देखाउन भण्डारीको तस्वीर पूज्ने गरेका छन् । एमालेका संस्थापक महासचिव भण्डारी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका दिवंगत पति हुनुहुन्छ ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*