Prakash Adhikari April 7, 2021

 

काठमाडौं, २५ चैत्र । बागबजार, काठमाडौँस्थित एनसीसी बैंकको केन्द्रीय कार्यालय र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ ।

बैंक र रिसोर्टबिच एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो ।

रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरेर कुल १ सय २८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १ सय ७ वटा एटीएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

नेपालको वित्तीय क्षेत्रमा २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैँकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दे आएको छ ।

बैँकले ल्याएका विभिन्न प्रकारका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन ।

Share Now

Leave a comment.