Prakash Adhikari April 21, 2021

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको आज बसेको बैठकले पार्टीको केन्द्रीय निर्वाचन समिति संयोजक चयन गरेको छ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कानुन व्यवसायी तथा पूर्वमहाधिवक्ता महादेवप्रसाद यादवलाई निर्वाचन समिति संयोजक तोक्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

महाधिवेशनका क्रममा टोलदेखि वडा,गाउ/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संसदीय निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति,प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्नुपर्ने भएकोले निर्वाचन समितिको भूमिका महत्वपूर्व हुन्छ । यस्तो समितिलाई निर्वाचनको पुनरावेदन सुन्ने अधिकार पनि हुन्छ ।

यसअघि निर्वाचन समिति संयोजक रहेका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले हालै राजीनामा दिनुभएकोले सो पद रिक्त रहेको थियो।

अधिकारीले दिएको राजीनामा कांग्रेस केन्द्रीय समितिले स्वीकृत गरिसकेको थियो।

Share Now

Leave a comment.