
लस एञ्जल्स(संयुक्त राज्य अमेरिका), २८ माघ । अमेरिकाको लस एञ्जल्स र वरिपरि बस्ने नेपालीहरुले निर्माण गरेको पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठाको लागि आइतबार बिहानबाट पूजाअर्चना शुरु भएको छ ।
तीन दिनसम्म लगातार पूजा चल्ने बताइएको छ ।
सोही परिसरमा निर्मित बुद्धको मूर्तीको विशेष पूजा सोमबार(फेब्रुअरी १२) को साँझ ६ देखि ८ बजे सम्म हुने कार्यक्रम रहेको छ ।
पूजामा नेपाली समुदाय लगायत भारतीय हिन्दुहरूको उल्लेख्य सहभागित रहेको छ ।