Prakash Adhikari May 14, 2021

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् गठन र सपथ

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै  प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नयाँ मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीसहित २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत लिंदासम्म साथ दिने मन्त्रिपरिषद्का सबै सदस्यहरुलाइ मन्त्री नियुक्त गरी यथावतै विभागीय जिम्मेवारी दिनुभएको । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष शपथ लिनुभएको छ ।

नवगठित मन्त्रिपरिषद्को स्वरुप

 

१)के.पी. शर्मा ओली प्रधाके।पी। शर्मा ओली प्रधानमन्त्री तथा रक्षा मन्त्रा
२) ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
३) रामबहादुर थापा बादल, गृह
४) टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
५) विष्णु पौडेल, अर्थ
६) प्रदीप ज्ञवाली, परराष्ट्र
७) हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
८) लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
९) कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
१०) प्रभु साह, सहरी विकास
११)भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२) मणिचन्द्र थापा, खानेपानी
१३) पद्मा् अर्याल, कृषि
१४) बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१५) गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६) पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१७) शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८) लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१९) गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
२०। प्रेमबहादुर आले, वन
२१) जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२२) दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२३) नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२४) रामवीर मानन्धर, सहरी विकास
२५) विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री

Share Now

Leave a comment.