Prakash Adhikari May 14, 2021

 

काठमाडौं । शुक्रबार प्रधानमन्त्री के.पी. ओलीले पद तथा गोपनीयताको शपथ लिनुभयो । प्रधानमन्त्रीसहित निर्वाचित पदाधिकारी र राष्ट्रसेवकहरुले लिने शपथमा देशको संविधानप्रति वफादार रही देश र जनताको भलो चिताउने कुरामा प्रतिज्ञा गरिएको हुन्छ भने त्यसको दोस्रो खण्डमा पदीय जिम्मेवारी निर्वाह गर्दा प्राप्त सूचनाहरु गोप्य राख्ने विषय लेखिएको हुन्छ ।

तर जब राष्ट्रपतिले एकप्रति शपथको पत्र प्रधानमन्त्रीको हातमा थमाएर आफूले वाचन गर्दै शपथ ग्रहण गराउनुभयो, राष्ट्रपति म प्रतिज्ञा गर्छु भन्ने वाक्यांश उच्चारण गर्दा प्रधानमन्त्री मौन बसेपछि राष्ट्रपतिले दोहोर्याएर त्यो वाक्यांश वाचन गर्नुभयो तर प्रधानमन्त्री ओलील्े ‘त्यो पर्दैन’ भन्नुभयो । प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रपति भण्डारीले मास्कभित्रै हाँसो थाम्न सक्नुभएन । “हिहि..”प्रष्ट सुनियो ।

सांसद महेश बस्नेत पनि चर्चामा

शुक्रबार प्रधानमन्त्री निकट सांसद महेश बस्नेत पनि चर्चामा रहनुभयो । उहाँ राष्ट्रपतिले बहुमतीय सरकारको लागि दिएको ३ तीनको समय मध्ये बिहिबारको दिन बिहानै जनता समाजवादी पाटीका सांसदहरुलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा बन्धक बनाउने कामको तारतम्य मिलाएको विषयमा चर्चामा आउनुभएको हो । उहाँले रिसोर्टमा बन्धक बनाएका जसपाका नेताहरुसंग बसेर खिचेको तस्विर पनि सार्वजनिक भएको छ ।

सांसद बन्धकको कथा बिहिबार यसरी सार्वजनिक भएको थियो :

https://aayomail.com/khabar/37936/

Share Now

Leave a comment.