काठमाडौं, १ जेठ । भारतीय विद्धत जगत्मा नेपालसम्बन्धी मामलाका जानकार मानिनु हुने प्राध्यापक एस डी मुनिले नेपालमा संवैधानिक मजाक भएको टिप्पणी गर्नुभएको छ ।
संसदमा विश्वासको मत आर्जन गर्न असफल प्रधानमन्त्रीलाई नै सोही पार्टीले संसदीय दलको नेता मान्दै पुनः प्रधानमन्त्री नियुक्त गरी पुनः त्यही प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयास गरिने घटनाप्रति उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
Nepal is witnessing a constitutional mockery. The person who loses the confidence vote on the floor of the house is again made the leader of the house and asked to gather a confidence vote.
— SUKH DEO MUNI (@SDMUNI) May 14, 2021
अहिले भारतको रक्षा मामिलालाई केन्द्रमा राखेर रक्षा संबन्धित विषयहरुको अध्ययन,अनुसन्धान र विश्लेषण गर्ने संस्था मनोहर पार्रिकर अध्ययन एवम् विश्लेषण संस्थानसंग आवद्ध रहनुभएका मुनीले शुक्रबार यस्तो ट्वीट गर्नुभएको छ ।।