काठमाडांै, १ जेठ । पहिलो संस्करणको नेपाल सुपर लिगको आज फाइनल खेल हुँदैछ । फाइनलमा उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
खेल आज साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौं पहिलो क्वालिफायरको खेलमा धनगढीसँग पराजित भएको थियो।
अंक तालिको दोस्रो स्थानमा रहेको धनगढीले काठमाडौंविरुद्धको क्वालिफायरमा जित हात पारेसँगे सिधैं फाइनलमा स्थान पक्का थियो।
धनगढीसँग पराजित भएपछि दोस्रो मौका पाएको काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई पराजित गरेको थियो।
लिग चरणमा पनि धनगढीले काठमाडौंविरुद्ध जित हात पारेको थियो।
किरणकुमार लिम्बुको कप्तानीमा रहेको धनगढीका लागि ओलाडिपो ओलावाले आफिजमा धेरै भर परेको देखिन्छ तर अघिल्लो खेलमा घाइते भएका कारण उनी फाइनल खेल्न सक्छन कि सक्दैनन् भन्न नसकिने भएको छ ।
काठमाडौं रेजर्र्स बिकेश कुथुको कप्तानीमा मैदानमा उत्रिदै छ । काठमाडौंको मुख्य आधर विदेशी खेलाडी मोसौके हुन्। उनले जारी प्रतियोगिताम सात गोल गरिसकेका छन्।