Prakash Adhikari May 18, 2021

गाजा(प्यालेष्टाइन),४ जेठ (बीबीसी) । इजरायली लडाकू विमानहरुले मंगलबार पनि बिहानदेखि नै गाजा शहरमा भीषण बमबारी गरेका छन् ।

बमबारीबाट शहरका कैयौ भवनहरु ध्वस्त भएका छन् ।

अलजजिरा समाचार संस्थाले उसको त्यहाँ औषधोपचार उपकर निर्माण गर्ने थ्री डी कम्पनीमाथि पनि आक्रमण गरेर ध्वस्त पारिएको जनाएको छ ।

यसैबीच अमेरिकाले मध्यपूर्वको तनाव कम गर्न आग्रह गरकेो छ ।

इजरायलले हवाई आक्रमण गरेर गाजामा एपी र अल जजिराका कार्यालयहरू भएको एउटा भवन ध्वस्त पारिदिएपछि प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्थाहरूले त्यसको निन्दा गरेका छन्।

अहिले गाजाको सीमा बन्द छ र बाहिरबाट अन्य पत्रकारलाई त्यहाँ समाचार सङ्कलन र सम्प्रेषण गर्न जान दिइएको छैन।

हमासको सैन्य गुप्तचर निकाय उक्त भवनमा बसेको हुनाले उक्त कारबाही गरिएको इजरायलको दाबी छ।

तर एपीका कार्यकारी सम्पादकले त्यो दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै इजरायलले गरेको आक्रमणबारे छानबिन हुनुपर्ने बताउनुभएको छ ।

एपी समाचार केन्द्रीय कार्यालय अमेरिकामा रहेको समाचार संस्था हो भने अलजजिरा कतारी सरकारद्धारा स्थापित अन्तर्राष्ट्रिय अरबिक न्युज च्यानल हो । यसको मुख्यालय कतारको राजधानी दोहामा रहेको छ ।

Share Now

Leave a comment.