Prakash Adhikari May 18, 2021

 

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशका विभिन्न भागबाट गत हप्ता सङ्कलन गरिएका कोभिड १९ सङ्क्रमितहरूका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा भारतस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा ३४ वटा नमुनामा बी.१.६१७.२ भेरिअन्ट र एउटा नमुनामा बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको मन्त्रालयले बताएको छ ।

ु’यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट रहेको पुष्टि भएको छ’,ु मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतीय भेरिअन्टको नामले पनि चिनिने यो भेरिअन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २०२१ मेमा विश्वव्यापी चिन्ताको भेरिअन्ट भनी वर्गीकरण गरेको मन्त्रालयले जनाएको छ।


‘नयाँ भेरिअन्ट भेटिएको छ। यो कहाँ कहाँ भेटिएको थियो, कस्तो थियो, के के लक्षण दिनेछ, के के असर गर्छ यसलाई खोपले काम गर्छ गर्दैन यो अध्ययन हुनै बाँकी छ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभएको छ।

‘नयाँ जात हो। त्यस कारण नेपालीहरू अलि होसियार हुनुपर्यो’,उहाँले भन्नुभयो।

मन्त्रालयले यो भेरिअन्ट बढी सङ्क्रामक रहेको बताएको छ।

‘हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको छ’, मन्त्रालयले भनेको छ।

‘त्यसैले सङ्क्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपिल गर्दछौँ।

Share Now

Leave a comment.