Prakash Adhikari May 19, 2021

 

 

काठमाडौं, ५ जेठ । बुधबार एकाबिहानै लमजुड.को भुलभुलेलाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

 

भूकम्पले गण्डकी प्रदेशअन्तर्गतका जिल्लाहरु नराम्रोसंग हल्लाएको थियो । भूकम्पको कम्पन राजधानी काठमाडौंसम्म आइपुगेको जानकारी बिहान अलि चाँडो उठेर सामाजिक सञ्जाल चलाउनेहरु फेसबुक र ट्वीटरमा दिएका छन् ।

 

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको  जानकारी दिएको छ।

 

जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भूकम्पले घरको गारो भत्किएर एक जना वृद्धा घाइते भएको जानकारी आएको छ।

भुलभुलेमा भूकम्पले पुर्याएको क्षतिको तस्वीरहरु


May be an image of 1 person and text
May be an image of 1 person and outdoors
May be an image of outdoors and text that says 'facebook Bikash Gurung and Sabnam Sheikh commented on Bikash Gurung's post. · Bikash Gurung is with Thaku Bikash Gurung. 18m SE +2 33 14 Comments Like Shares Comment Share Sabnam Sheikh I'
No photo description available.
May be an image of outdoors
+५

 

भूकम्पको केन्द्रबिन्दु मानिएको भुलभुलेकी अधवैशे महिला  घाइते भएको र उहाँलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिँदै गरेको जानकारी जिल्ला प्रशासन अधिकारी लुइटेलले दिनुभएको छ ।

 

भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण आइपुगेको छ ।

 

भुलभुले आसपासमा खुदी, स्युरीखोला, डा.दी ,मस्र्याड.दी लगायत साना ठूला थुप्रै बनिसकेका र निर्माणाधिन जलविद्युत आयोजनाहरु रहेका छन् ।

Share Now

Leave a comment.