Prakash Adhikari May 19, 2021

 

काठमाडौं, ५ जेठ । चीनको सिचुआन प्रान्तको जनसरकारले दिएका स्वास्थ्य सामग्रीहरु काठमाडौ आइपुगेका छन् र।

नेपालका लागि चीनका राजदूत हाउ याड.छीले स्वास्थ्य सामग्रहरु लिएर एअरबसको ३००-३३० विमान आइपुगेको जानकारी दिनुभएको छ ।

सिचुआनको जनसरकारले नेपाललाई कोरोना संक्रमणको दोस्रो लहरबाट जोगाउन आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर,भेन्टिलेर,अक्सिमिटर लगायतका सामानहरु सहयोग गरेको बताइएको छ ।

https://twitter.com/PRCAmbNepal/status/1394899978540052480

सिचुआनको प्रान्तीय सरकारले गतबर्ष पनि माक्स, थर्मोमिटर, पीपीई,भेन्टिलेर र क्लोरोक्वीन तथा फोस्फेट ट्याबलेट लगायतका स्वास्थ्य सामग्री पठाएको थियो ।

राजदूत याड.छीले चिनिया सरकारले दिएको मेडिकल सहयोगको दोस्रो खेप यसै हप्ता आउने बताउनुभएको छ ।

https://twitter.com/PRCAmbNepal/status/1394233179003768833

चीन सरकारले कोरोनासंगको लडाईमा नेपाललाई सघाउने बताउदै पनि आएको छ ।

https://twitter.com/PRCAmbNepal/status/1393163409030479872

https://twitter.com/PRCAmbNepal/status/1391006079639646213

गतवर्ष पनि चीन सरकारका अलवा अलिबाबा फाउण्डेशन र ज्याकमा फाउण्डेशनले पनि नेपाललाई स्वास्थ्य सामग्री पठाएर सहयोग गरेका थिए ।

Share Now

Leave a comment.