काठमाडौ, ६ जेठ । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको संक्रमणबाट नेपालीलाई जोगाउन नेपाललाई उपलब्ध गराउने सहयोग मध्येको पहिलो खेपका सामग्रीहरु तयार भएको जनाएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामाग्रीहरूको पहिलो खेप तयार भएको र अन्य खेपहरु पनि आउने जानकारी दिएको छ ।
अप्डेट: युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामाग्रीहरू निकट भविष्यमै उपलब्ध गराउँदैछ। @USAID #COVID19nepal https://t.co/uHBQD6EjHb
— U.S. Embassy Nepal (@USEmbassyNepal) May 20, 2021
अमेरिकाले इण्डो प्यासेफिक कमाण्ड अन्तरगत २७ लाख ५० हजार डलरको आपत्कालीन सहयोग गर्ने जनाएको थियो ।
यस सहयोग अन्तरगत अक्सिजन उत्पादन उपकरण, तरल अक्सिजन भण्डार गर्ने ट्यांकी,अक्सिजन भर्ने सिलिण्डर सन २०२० को अप्रिलदेखि अमेरिकाको इण्डो प्यासेफिक कमाण्डले नेपाललाई ५ करोड ९ लाख डलर बराबरको मानवीय सहयोग गरेको छ ।
This brings total USG assistance to date to $50.9 million with the help of @USAID, @INDOPACOM, and others! #COVID19nepal pic.twitter.com/JEgZYhElxB
— U.S. Embassy Nepal (@USEmbassyNepal) May 13, 2021


















