कोपनहेगन(डेनमार्क), ३० जेठ । यूरो कप २०२० खेल हुँदै गर्दा लडेर अचेत भएका डेन्मार्कका मिडफील्डर क्रिस्चेन एरिक्सेन अस्पतालमा ‘बिउँतिएको’ डेनिश फुटबल सङ्घले जनाएको छ।
शनिवार फिनल्यान्डविरुद्ध भएको खेलमा अचेत भएपछि २९ वर्षीय एरिक्सेनलाई अस्पताल लगिएको थियो। कोपनहेगनमा आयोजित उक्त खेल मध्यान्तरअगाडि स्थगित गरिएको थियो।
मैदानमै उनको आपत्कालीन उपचार भएको थियो।
Football is more than a game @ChrisEriksen8 is now fine ..♥️#Eriksen pic.twitter.com/UrowyK9dRW
— Khaled (@Khaled_Altaf) June 13, 2021
अहिले उनको अवस्था ‘स्थिर’ रहेको उक्त प्रतियोगिताको आयोजक यूएफाले जनाएको छ।
उनी इन्टरमिलानसँग आबद्ध छन्। पहिला उनी टोटनम हटस्पर्सबाट खेल्थे।
फिनल्याण्डसंग पराजित तर मृत्युमाथि जित
क्रिश्चेन मैदानमा लडेपछि स्थगित खेल अस्पतालमा उनको होस खुलेको समाचारसंगै निरन्तरता दिइएको थियो । ग्रूप बीको उक्त खेलमा फिनल्यान्डले डेनमार्कलाई १-० ले जितेको थियो ।
तर गोल गर्दा पनि फिनल्याण्डका समर्थक र खेलाडीले सेलेब्रेट गरेनन् । उनीहरुले प्रतिस्पर्धी टिमलाई पर्न गएको चोट अर्थात संवेदनशीलतालाई कायमै राखे ।
रोकिएको खेल सुरु भएपछि खेलाडीहरू मैदानमा फर्किँदा दर्शकहरूले ताली बजाएर स्वागत गरेका थिए।
https://twitter.com/MdSaif997/status/1403802173838823427
यूएफाले ‘दुवै टोलीका खेलाडीबाट अनुरोध आएपछि’ उक्त खेल सुरु गर्न आफू सहमत भएको जनाएको थियो।
मध्यान्तरपछिको खेल सुरु हुनुअघि त्यसअघिको बाँकी पाँच मिनेट खेलिएको थियो।
अनि बीचमा पाँच मिनेटको विश्राम दिइएको थियो।
एउटा डेनिश पत्रिकाले डेनमार्कले खेल हारे पनि ूजीवनले जित्योू भनेको छ।
‘कठिन साँझ’
डेनिश फुटबल सङ्घका पिटर मोलरले डेनमार्क रेडिओसँग भने, ‘हामी उनी (एरिक्सेन) सँग सम्पर्कमा छौँ र खेलाडीहरूले एरिक्सेनसँग कुरा गरेका छन्। उनी ठिक छन् र उनीहरू यो खेल क्रिस्चेनका लागि खेल्दैछन्।’

क्रिस्चेन एरिक्सेन
‘यो साँच्चिकै कठिन साँझ थियो जसमा हामी सबैलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने हेक्का भइरह्यो। यो अर्थपूर्ण सम्बन्ध हो। ती हामीसँग निकट रहेका मानिसहरू हुन्। ती परिवार र साथीहरू हुन्’, उनले भने, ‘सबै थोक, सबै थोक, सबै थोक- सबै भावनाहरू क्रिस्चेन र उनको परिवारका लागि।’
यूएफाका अध्यक्ष अलेक्जान्डर केफ्रिनले उनको स्वास्थ्यलाभको कामना गर्दै भने, ‘यस्ता क्षणहरूले जीवनमा सबै कुरालाई दृष्टिकोणमा लैजान्छ।’
उक्त खेल प्रसारण गरेको बीबीसीले एरिक्सेनको उपचार भइरहेको तस्बिरहरू देखाएपछि क्षमा याचना गरेको छ।
"Football is a beautiful game and Christian plays it beautifully," says UEFA President Aleksander Čeferin.
Tonight's Star of the Match is Christian Eriksen. Wishing you a speedy recovery, Christian. #EURO2020 pic.twitter.com/gJPa7P2nAx
— UEFA EURO 2024 (@EURO2024) June 12, 2021


















