Prakash Adhikari June 18, 2021

 

जाजरकोट, ४ आषाढ । जाजरकोटको जलजला पाटनमा गोठ लिएर जाँदा हावाहुरी र पानीमा परेर वेपत्ता भएका सात जना गोठालाहरु भेटिएका छन् ।

प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएका गोठालाहरु मध्ये सात जना मङ्गलबारदेखि हराइरहेका थिए ।

हराउनेहरुमा कुशे गाउँपालिका—८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय हुनुहुन्थ्यो । उहाँहरु शुक्रबार बिहान मात्र भटिएको प्रनाउ थापाले बताउनुभयो ।

खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उहाँले बताउनुभयो ।

Share Now

Leave a comment.