काठमाडौं, १५ आषाढ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४१ जनाको जीवन गुमेको छ भने यस घातक भाइरसबाट २ हजार ८ सय ९२ जना थप संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनाइए अनुसार ११हजार ५ सय ६८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ४ हजार ५ सय ६८ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको २५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
सो अवधिमा ३ हजार ५ सय ९७ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३.३ प्रतिशत पुगेका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ७४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९ हजार १ सय १२ पुगेको छ।
अहिले कुल ३० हजार ५ सय ४४ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये ३ हजार १७ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
बुधवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ५ सय ७२ जना काठमाडौं उपत्यकामा रहेका छन्।
अहिले देशभरिका १७ जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन् भने थप २७ जिल्लामा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
बुधवार पुष्टि भएकामध्ये काठमाडौंका ४ सय३६ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १ सय ८९ र ४७ जना रहेका छन्।
एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा मोरङ १सय ४६, झापा १ सय ७६ जना र सुनसरी १ सय ८५ जना रहेका छन्।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६ सय २७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ७५ जना भेन्टिलेटरमा छन्।-(बीबीसी)