विज्ञप्तिमा भनिएको छ, “जुलाइसम्म रक्षा विभागले ९८४–सी १७ विमानमार्फत सुरक्षा प्रबन्धका १७ हजार ७४ थान सामान फिर्ता लिएको छ । अमेरिकी सेनाले करिब दुई दशक पहिले अवतरण गरेको बग्रान शिबिरलाई विशेष उत्सब बिना नै आबश्यक प्रतिरक्षा सामग्री अफगानी निकायलाई हस्तान्तरण गरेको छ ।”
बग्राममा पहिलो अमेरिकी सेना आइपुगेको करिब दुई दशकमा यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन मद्दत गरेको अफगानिस्तानको सैनिकलाई उक्त क्षेत्र गत हप्ता हस्तान्तरण गरेको थियो ।
“तालिबानले देशभरिका ५० भन्दा बढी जिल्लाहरू नियन्त्रणमा लिएको छ । अमेरिकी गुप्तचर संस्थाले अफगानिस्तानबाट अमेरिकी सेना फर्केको केही महिनाभित्र सरकार तालीबानी विद्रोहीको कब्जामा पर्नसक्ने बताएको छ ।
तालिवान समूहले अर्को सय बर्षमा पनि अफगान सरकारलाई समर्पण गराउन नसक्न मंगलबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले बताउनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकमा घानीले तालिबान र त्यसका समर्थकहरू मुलुकमा वर्तमान रक्तपात र विनाशका लागि जिम्मेवार रहेको बताउनुभएको छ ।
तालिवानको क्षेत्र विस्तारको मतलब उनीहरूलाई अफगानद्वारा स्वागत गरिएको होइन, र जनता आफ्नो क्षेत्रको रक्षा गर्न तयार छन् भन्ने भएको राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मुहीबले बताउनुभएको छ ।