Prakash Adhikari July 8, 2021

काठमाडौं,२४ आषाढ । नेपाली सिनेमा नायिका जेनी कुँवर आफ्नै अपार्टमेण्टमा मृत अवस्थामा भेटिनुभएको छ ।

काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उहाँको शव फेला परेको हो।

महानगरीय प्रहरी वृत्त बानेश्वरले दिएको जानकारी अनुसार उहाँको मृत शरीरको आडमा एक सुसाइड नोट पनि भेटिएको छ।

उक्त कागजमा आफू डिप्रेसनको सिकार भएको र आत्महत्या गरेको उल्लेख छ।
सो हस्ताक्षर उहाँको हो वा हैन परीक्षण हुन बाँकी नै छ ।

नायिका कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू लगायत फिल्ममा अभिनय गर्नुभएको छ।

Share Now

Leave a comment.