Prakash Adhikari February 21, 2018

 

काठमाडौं, ९ फागुन । आगामी चैत्र ५ देखि १९ गते सम्म घनगढीमा आयोजना गरिने देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिगको खेलाडी चयन गर्न बुधबार अक्सन शुरु भएको छ।

काठमाडौंमा बुधबार सम्पन्न अक्सनमा बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेखलाई अधिक मूल्य लागेको छ ।

बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लागाएका थिए। सबै खेलाडी “ए” श्रेणीका खेलाडी हुन्।

अक्सनमा सहभागी खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ गरि ३ वटा श्रेणीमा बिभाजन गरिएको छ। ‘ए’ श्रेणीमा राष्ट््िरय टिमको लागि कम्तिमा १५ अन्तर्राष्ट्रिय खेल खेलेको र पछिल्लो ३ बर्ष देखि राष्टिय टिमको प्रतिनिधित्व गरेको खेलाडीहरु हुनेछन्।

यस्तै ‘बि’ श्रेणीमा ‘ए’ श्रेणीमा नपरेका सबै राष्टिय खेलाडीहरु जसले उमेर समूहको लागि नेपालको लागि खेलेका छन् अथवा राष्टिय टिमको बन्दसत्रमा स्थान बनाईसकेका खेलाडी हुनेछन्। ‘सी’ श्रेणीमा ‘ए’ र ‘बी’ दुवै श्रेणीमा नपरेका खेलाडीहरु हुनेछन्।

सहभागी टिमले खेलाडी खरिद गर्न ११ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउनेछैन । टिमको रणनीतिक खेलाडीहरुले रु। २ लाख रुपैयाँ पाउनेछन्। प्रत्येक टिमले एकजना खेलाडी ट्यालेन्ट हन्टबाट आएको मध्येबाट चुन्नुपर्नेछः भने २ जना बिदेशी खेलाडी अनिबार्य टिमले राख्नु पर्नेछ।

अक्सन ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुनेछ भने अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्नेछ। ‘बि’ श्रेणीको न्यूनतम बोलि ५० हजार देखि अधिकतम १ लाख रुपैयाँ रहेको छ भने ‘सी’ श्रेणीमा रहेका खेलाडीहरुको न्यूनतम मूल्य २५ हजार देखि अधिकतम ७५ हजार रहनेछ।

धनगढी प्रिमियर लिगको बिजेताले घरेलु क्रिकेटकै सर्बाधिक रु २५ लाख, उपविजेताले १० लाख पाउनेछन्। यस्तै तेश्रो हुने टोलिले ३ लाख तथा चौथो हुने टोलिले २ लाख पाउनेछन्।

प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ।

डीपीएलमा देशभरका बिभिन्न शहरको प्रतिनिधित्व गर्ने ६ वटा टिम रहनेछन्। दिपेन्द्र सिंह ऐरी रणनीतिक खेलाडी रहने सीवाईसी अत्तरिया, बिनोद भण्डारी रणनीतिक खेलाडी रहने महेन्द्रनगर युनाइटेड, पारस खड्का रणनीतिक खेलाडी रहने बिराटनगर किंग्स, शक्ति गौचन रणनीतिक खेलाडी रहने रुपन्देही च्यालेन्जर्स, सोमपाल कामि रणनीतिक खेलाडी रहने टिम चौराहा धनगढी तथा ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहने काठमाडौँ गोल्डेन्स योपालि प्रतियोगिता खेल्नेछन् ।

डिपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार अक्सनमा १ सय ९२ जनाले आबेदन दिएका थिए र १२ जना खेलाडीहरु ट्यालेन्ट हन्टमार्फत अक्सनमा सहभागी हुनेछन्।

Share Now

Leave a comment.