काठमाडौं, ७ साउन । नयाँ सरकारले विश्वासको मत लिएसंगै मुलुकको आर्थिक अवस्थाको ब्यारोमिटर मानिने धितोपत्र बजार उकालो लाग्न थालेको छ ।
सर्वोच्च अदालतको फैसला आएसंगै ३००० को बिन्दुबाट ओरालो लाग्न थालेको धितोपत्रको दोस्रो कारोबारको परिसूचकले आज पुनः ३०००को बिन्दु पार गरेको छ ।
आज साताको अन्तिम कारोबार दिन धितोपत्र बजार परिसूचक दोहोरो अंकले उकालो लागेको छ।बजार आज १८.७६ अंकले बढेर ३००४.३३ को विन्दुमा उक्लिएको छ।
बिहीबार नेप्सेमा सूचीकृतमध्ये २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयरको किनबेचबाट ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १५ रुपैयाँको कारोबार भएको छ ।
यो दिन कृषि विकास बैंकको सर्वाधिक ४६ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ३६ करोड ५ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३६ करोड ४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।
यस्तै सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २८ करोड १६ लाख रुपैयाँ, अरुण काबेली पावरको २२ करोड १० लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ४१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३१ लाख रुपैयाँ र सानिमा बैंकको १९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले बढेर पाँच सय ६२.२८ को विन्दुमा पुगेको छ।
नेपालको धितोपत्र बजारमा रहेको १३ वटा उपसमूह मध्ये आज ५ वटाको परिसूचक बढेको छ भने ८ वटा घटेको छ।
यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ५.२७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह १.७३ प्रतिशतले बढेको छ।
यस्तै वित्त समूहमा १.६५ प्रतिशत, जलविद्युत समूहमा ०.८३ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२७ प्रतिशतको वृद्धि भएको छ। आज व्यापार समूह सर्वाधिक २.०२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.५३ प्रतिशतले घटेको आज विकास बैंक समूहमा ०.३१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४२ प्रतिशत, लगानी समूहमा ०.२८ प्रतिशत, जीवन बीमा समूहमा ०.२२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३४ प्रतिशत र लघुवित्त समूहमा ०.२३ प्रतिशतको गिरावट आएको छ।
बिहीबार विभिन्न ७ वटा लगानी कोष र कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। लक्ष्मी उन्नति कोष, सीईडीबी हाइड्रोपावर र ङादी ग्रुप पावरको मूल्यमा १० प्रतिशत तथा पोखरा फाइनान्स, माउन्टेन हाइड्रो, लक्ष्मी इक्विटी फन्ड र ग्लोबल आईएमई समुन्नति फन्ड १ को मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २, कालिका पावर र ग्रिन लाइफ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढीले उकालो लागेको छ। हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा सर्वाधिक ४ प्रतिशत बढीले गिरावट आएको छ।


















