Prakash Adhikari July 23, 2021

काठमाडौं, ८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफ्ना नीति र कार्यक्रमहरु युवाहरुमार्फत पार्टीका समर्थक तथा शुभेच्छुक जनताबीच पुर्याउन पिपुल्स् भोलेन्टियरु को घोषणा गरेको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा ओलीनिकट युथ फोर्सलाई काउन्टर दिनको लागि नेपाल पक्षले ुपिपुल्स भोलेन्टियरु घोषणा गरेको हो।

यो संगठन नेता नेपालनिकट युवा संघको मातहत रहने गरी बनाइएको छ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समेत उपस्थित हुनुभएको सो कार्यत्रममा शिव श्रेष्ठ अध्यक्ष र मनोज खत्री सचिव रहने गरी पिपुल्स भोलेन्टियर घोषणा गरिएको थियो।

केही दिनअघि सांसद महेश बस्नेतको अग्रसरतामा भक्तपुरबाटै अध्यक्ष केपी ओलीनिकट युवा संघले युथ फोर्सको घोषणा गरेको थियो।

त्यसलाई नै काउन्टर दिन नेपाल पक्षनिकट युवा संघले ुपिपुल्स भोलेन्टियरु घोषणा गरेको हो।

यसअघि पनि नेपाल पक्षनिकट युवा संघले अखिल फोर्स गठन गरिसकेका छन्।

 

Share Now

Leave a comment.