काठमाडौं ,९ साउन । नेपालको निजी क्षेत्रको अग्रणी उड्डयन कम्पनी बुध्द एयरले आगामी अगष्ट १ अर्थात् साउन १७ गतेबाट पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न भएको छ।
बुद्ध एअरले शुरुमा साताको ३ दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार नियमित उडान गर्नेछ भने केही समयपछि यात्रुको माग अनुसार दैनिक उडान गर्ने योजना बनाएो छ ।
यस उडानबाट दुबै शहरका जनता लभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।
प्रदेशस्तरमा सुरु भएका यी उडानबाट यी दुबै गन्तव्यको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताउनुभएको छ ।
जोशीका अनुसार काठमाडौं,पोखरा र चितवनको गोल्डन ट्रयागलमा केन्द्रीय नेपालको अन्तर्राष्ट्रिय पर्यटनलाई नयाँ गन्तव्यतर्फ मोडन पनि यो उडान महत्वपूर्ण हुनेछ । उहाँका अनुसार बाँकेसँग जोगिएको बर्दियामा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय गतिविधि बढाउन बुद्ध एअरको पोखरा नेपालगञ्ज उडान सहयोगी हुनेछ ।
साथै नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय सहर पोखरा तथा वरिपरी रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।
यस उडानले नेपालगञ्ज नजिक रहेका भारतीय सहरहरु लखनउ, कानपुरआदि गन्तव्यका पर्यटकहरुलाई नेपालको सबैभन्दा सुन्दर र प्राकृतिक छटाले भरिपूर्ण पोखरामा ल्याउन पनि ठूलो मद्त गर्नेछ ।
बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुबै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि सञ्चालनमा ल्याउने भएको छ ।
बुध्द एयरले कोरोना भाइरसको संक्रमणबाट आफ्ना यात्रुहरुलाई जोगाउन संक्रमणरहित उडानका सावधानीहरु अपनाएको छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पीपीईका उपयोग, बीमा र प्रचलनमा रहेका सबै सावधानीका प्रावधानहरुलाई कडाईको साथ पालना गरेर भरपर्दो हवाई सेवा दिंदै आएको छ ।
बुध्द एयरसँग हाल ७२ सिटे एटीआर–७२ विमान १० वटा, ४२ सिटे एटीआर–४२ विमान ३ वटा र दुईवटा बीचक्राफ्ट विमान विमान मार्फत १५ बटा गन्तव्यमा ३३ हवाई मार्गमार्फत यात्रुहरुलाई भरपर्दो र सुरक्षित सेवा दिंदै आएको छ ।
बुद्धएअरले काठमाडौंबाट सगरमाथाको दृश्यावलोकन उडानका साथै नेपालका चल्तीका एअरपोर्टहरु भद्रपुर,तुम्लिड.टार, विराटनगर, राजविराज, जनकपुर, सिमरा,भरतपुर,पोखरा, भैरहवा,नेपालगञ्ज,सुर्खेत र धनगढीमा नियमित उडान सेवा दिंदै आएको छ ।
बुद्धले पोखराबाट भैरहवा,भरतपुर,सिमरा र विराटनगर उडान सञ्चालन गरेको छ भने विराटनगरबाट तुम्लिड.टार पनि उडान थालेको छ ।


















