काठमाडौं, २ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य धनराज गुरुङलाई मातृशोक परेको छ ।
उहाँकी आमा प्यारी गुरुङको ९२ बर्षको उमेरमा निधन भएको छ ।
उहाँको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुका साथै जिल्ला सभापति र पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
आमा!
मलाई ठेस लाग्दा हजुरलाई दुख्ने थियो। मेरो दुखमा हजुरको आँखा रसाउने गर्थे।
पन्चायती शासनका बिरुद्ध लड्दा हजुरले मलाई "तिमी राजाको बिरोधि भएका छौ रे! मारि देला! जोगिएर हिंड्!" भन्नुहुन्थ्यो।
९२ बर्षको उमेरसम्म असीम माया र आशिर्वाद दिइरहनु भयो।
तर आज स्तब्ध पारेर जानुभयो।
आमा!! pic.twitter.com/o56pCMhq9l— Dhan Raj Gurung (@dhanrgrg) August 17, 2021


















